बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था प्रधान कार्यालय, बुटवलले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २८ लाख ५० हजार सहयोग रकम प्रदान गरेको छ ।
विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरस COVID–19 को संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारहरूले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपतमा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम उपलब्ध गराएको हो ।
यस क्रममा संस्थाले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ११ लाख र प्रदेश नं. १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा २ लाख ५० हजार, प्रदेश नं. २ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ लाख ५० हजार, वाग्मती प्रदेश सरकारले स्थापना गरेको Corona Virus Control and Treatment कोषमा २ लाख ५० हजार, गण्डकी प्रदेश सरकारले स्थापना गरेको Corona Virus Control and Treatment कोषमा २ लाख ५० हजार, प्रदेश नं. ५ सरकारले स्थापना गरेको Corona Virus Control and Treatment कोषमा २ लाख ५० हजार, कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा २ लाख ५० हजार र सूदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको Corona Virus Control and Treatment कोषमा २ लाख ५० हजार गरी कुल रकम २८ लाख ५० हजार सहयोग रकम जम्मा गरेको छ ।
