बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)को संचालक समितिको निर्णय अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” ५१ लाख जम्मा गरिएको छ ।
उक्त ५१ लाखको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिंडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल र बित्त विभाग प्रमुख विपिन कुमार लालले हस्तानान्तरण गर्नुभएको हो ।
प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपतमा सधै सहयोग गर्ने गरेको वताउदै कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवै नागरिक तथा नेपाल सरकारस“ग एकजुट भई कार्य गर्न प्रतिबद्ध रहेको वताउनु भयो ।
