Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कोरोना संक्रमणले एशियाली मुलुकको अर्थतन्त्रमा बढी असर गर्ने

२०७६ चैत्र १८ गते

बैंकिङ खबर । कोरोना संक्रमणका कारण समग्र अर्थतन्त्र कम्जोर हुने र यसले एशियाका राष्ट्रहरुमा बढी प्रभाव पार्ने विश्व बैंकको प्रक्षेपण रहेको छ । सन् २०२० मा विशेषगरी विकासशील देशहरुको आर्थिक बृद्धिदर खुम्चिने बताइएको छ । विश्व बैंकले यी देशमा २.१ प्रतिशतमा आर्थिक बृद्धिदर झर्ने अनुमान गरेको छ । सन् २०१९ मा एसियाली देशहरुको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहेकोमा सन २०२० मा तत्काल कोरोना संक्रमण हट्दै गएको अबस्थामा २.१ र यो अबस्था लम्बिएमा अझ कम्जोर हुने पनि बताइएको छ । यो संक्रमणले एसियाली मुलुकको अर्थतन्त्र बढी प्रभावित हुने विश्व बैंकले बताएको छ । चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने र त्यसको प्रभाव विश्व अर्थतन्त्रमा पर्ने एवं बढी प्रभाव एशियाली देशहरुमा पर्ने जनाइएको छ ।

Ad