Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेप्सेलाई सेयरबजारका सबै काम रोक्न धितोपत्र बोर्डको निर्देशन (निर्देशनसहित)

२०७६ चैत्र ९ गते

बैंकिङ खबर । पुँजीबजार नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले पाँचदिनसम्म लगातार सेयर बजारका सबै कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको छ । संचालक समितिको आइतबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । कोरोना संक्रमित भाइरसबाट जोगिन र जोगाउन सरकारले अघि सारेको योजना अनुरुप सोमबारबाटै लागु हुनेगरी सबै कारोबार बन्द गर्न बोर्डले निर्देशन दिएको हो । यस अघि पनि बोर्डले आइतबार बाटै सेयरबजार बन्द गर्ने जनाएको थियो । तर नेप्सेले आइतबार बजार खोल्दा चौतर्फी बिरोध भएको थियो ।

देशमा कोरोना भाईरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परामर्श समेतलाई मध्यनजर गरी लगानीकर्ताहरुको हकहित प्रवद्र्धनका लागि धितोपत्र बजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गर्नेरगराउने गरी धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० को उपदफा १ को खण्ड (घ) बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी यही मिति २०७६ चैत १० गते देखि पाँच कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्न नेपाल स्टक एक्सचेञ्ज लि. लाई आदेश दिने निर्णय भएको व्यहोरा प्रवक्ता निरज गिरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Ad