कोरोना प्रभाव : विश्वभरका सडक र चोक सुनसान (फोटोफिचर)
२०७६ चैत्र ९ गते
बैंकिङ खबर । कोरोनाको संक्रमण बढेपछि सबैजसो मुलुकहरुले लक डाउन घोषणा गरेका छन् । संक्रमण देखा परि नसकेका मुलुकहरुमा पनि सावधानीका लागि सरकारले मानिसहरु जम्मा नहुन आदेश दिइसकेका कारण विश्वभरकै मानिसहरु होम क्यारेन्टाइनमा द्धन् । जसकारण विश्वभरका सडक र चोकहरु सुनसान देखिन थालेका छन् ।
लन्डनमा व्यस्त समय भनिने बेला मिलेनीअम पुलमा हिँड्दै एक महिला। कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गर्न प्रधानमन्त्री बोरिस जोनसनले अत्यावश्यकबाहेक अन्य अवस्थामा सर्वसाधारणहरूलाई बाहिर ननिस्किन अनुरोध गरेका छन्।फ्रान्सको नीस सहरमा भूमध्यसागरतर्फ हेर्दै एक पुरुष। फ्रान्समा हिँडडुल गर्न प्रतिबन्ध लगाउँदै सरकारले मानिसहरूलाई घरमै बस्न भनेको छ।यूएईमा ड्रोनबाट खिचिएको यो तस्बिरमा रित्तो तटीय क्षेत्र देख्न सकिन्छ। यूएईले अधिकांश पर्यटकीय क्षेत्र बन्द गरेको छ। विदेशी पर्यटकलाई भिसा दिन पनि रोकेको छ।मिलानमा देखिएको एउटा खाली चोक। इटलीमा सरकारले औषधि र खाद्य सामाग्री बेच्नेबाहेक सबै पसल बन्द गर्न निर्देशन दिएको छ।भारतको राजधानी दिल्लीमा देखिएको सफदरजङ्ग समाधिस्थल। सरकारले त्यहाँ पनि मानिसहरूलाई भेला नहुन आदेश दिएको छ।भेनेजुएलामा सुनसान सडक। त्यहाँ सर्वसाधारणहरूलाई आफ्नो घरमै बस्न आग्रह गरिएको छ।न्यूयोर्कमा विद्यालय, रेस्टुराँ र मदिरालय पनि बन्द हुँदैछन्।स्पेनको मड्रिडनजिकै अवस्थित एउटा सहरमा गस्ती गर्दै सुरक्षाकर्मीहरूभीएनामा रित्तो चोकमा बसिरहेका दुई सर्वसाधारणलेबननमा आपत्कालीन अवस्थाको घोषणा गरिएपछि सडकमा सर्वसाधारणहरूको सङ्ख्या कम भएको छब्याङ्ककमा डुङ्गा विहारमा रमाउँदै एक जोडी। थाईल्यान्डका पर्यटकीय स्थलमा विदेशीहरूको सङ्ख्या घटेको छ।