Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकमा एकै समयमा २५ जना भन्दा बढी ग्राहक समेत छिर्न नपाइने

२०७६ चैत्र ७ गते

बैंकिङ खबर । कोरोना भाइरसको त्रास बढ्न थालेपछि नेपाल बैंकर्स संघको आकस्मिक बैठक बसेको छ । सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला नहुने निर्देशन दिएको कुरालाई ध्यानमा राख्दै संघले समेत बैंकमा एकै समयमा २५ जनाभन्दा बढी ग्राहक छिर्नमा रोक लगाउने निर्णय गरेको छ । बैठकले सावधानीका लागि छुट्टाछुट्टै भवनमा बसेर काम गर्न निर्देशन समेत दिएको छ ।
ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा बसेर काम गर्ने कर्मचारीका लागि स्यानिटाइजर र मास्क अनिवार्य गरिएको छ भने घरबाट काम गर्न मिल्ने कर्मचारीलाई घरमै बसेर काम गर्ने सुझाव दिइएको छ । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत, डेपुटी सिईओ, ब्यवस्थापनका अन्य उच्च कर्मचारीहरु समेतले छुट्टाछुट्टै भवनमा बसेर काम गर्ने निर्णय गरीएको छ ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले एक विज्ञप्ति मार्फत अत्यावश्यक काम बाहेक बैंकका शाखाहरुमा गएर भिडभाड नगर्न पनि आग्रह गरेका छन् ।

Ad