बैंकिङ खबर । पछिल्लो त्रैमासिक रिपोर्टहरुमा राम्रो प्रगति देखाइरहेकाभारतीय बैंकहरु कर्पोरेट लेभलका खराबकर्जाबाटग्रसितछन् ।आरबीआईको पछिल्लो अध्ययनअनुसार भारतीय बैंकहरुको खराबकर्जा अनुपातब्राजील, चिन, इन्डोनेसिया, फिलिपिन्स र टर्की जस्ता उदाउँदो अर्थतन्त्र भएका मुलुकहरुको तुलनामा सबैभन्दा बढी रहेको छ । पछिल्लो एक वर्षमा खराबकर्जा अनुपात ११.२ प्रतिशतबाट ९.१ प्रतिशतमा झरेको भएता पनि बैंकिङ ठगीका घटना बढेका छन् । आर्थिक वर्ष २०१८।०१९ मा बैंकहरुले ७१,५४३ करोड भारु ठगी गरेको रिपोर्ट छ । जबकी अघिल्लो वर्ष यस्तो रिपोर्ट ४१,१६७ करोड भारु थियो ।
केयर रेटिङको तथ्यांक
खराब कर्जाको अनुपात पब्लिक बैंकहरुमा अत्याधिक रहेको छ । केयर रेटिङको पछिल्लो तथ्यांक अनुसार भारतका ३६ मध्ये, १७ वटा बैंकको खराब कर्जा अनुपात १० प्रतिशत भन्दा माथि रहेको छ, जसमध्ये, १६ वटा पब्लिक र एउटा प्राइभेट बैंक रहेका छन् । पब्लिक सेक्टरका आईडी बीआई बैंक, युको बैंक र इण्डियन ओवरसीज बैंकको खराबकर्जा २० प्रतिशतमाथि रहेको छ । १० प्रतिशतभन्दा कम खराब कर्जा भएका पब्लिक बैंकहरु स्टेट बैंक अफ इण्डिया, इण्डियन बैंक र कन्नडा बैंक मात्रै रहेका छन् । प्राइभेट बैंकहरुको खराब कर्जा तुलनात्मक रुपमा कम छ । दुई वटा प्राइभेट बैंकको खराबकर्जा दुई प्रतिशत भन्दा कम छ भने आठ वटाको खराबकर्जा दुईदेखि पाँच प्रतिशतसम्म रहेको छ । त्यस्तै, पाँचवटाको ५ देखि १० प्रतिशतको बीचमा रहेको छ ।
सरकारी एजेण्डाको प्रभाव देखिँदै
गत जुन २०१९ मा ३६ वटा बैंकहरुको कुल खराब कर्जा ८.९७ लाख करोड रहेको छ । अघिल्लो तथ्यांकहरुसँग तुलनागर्दा खराब कर्जा लगातार बढिरहेको छ भने अझै पनि बढ्ने क्रम जारी छ । सेप्टेम्बर सम्मको डाटा अनुसार पब्लिक सेक्टरका बैंकहरुको खराबकर्जा ७।२७ लाख करोड पुगेको छ । सरकारको रिकग्निसन, रिजोलुसन, रिक्यापिटलाइजेसन र रिफर्मको एजेण्डाका कारण पछिल्लो त्रैमासिकमा केही हदसम्म पब्लिक बैंकहरुको खराब कर्जा घटेको देखिएको छ । यद्यपि, प्राइभेट बैंकमा खराब कर्जाको क्रम बढ्दो देखिएको छ । खराब कर्जा पाँच प्रतिशतभन्दा माथि हुनुलाई जोखिमयुक्त मानिन्छ ।