Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

माछापुच्छ्रे बैंकबाट सुमन शर्मा हटाइए, कामु प्रमुखमा सन्तोष कोइराला नियुक्त

२०७६ फाल्गुन २८ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालाई संचालक समितिले हटाएको छ । कुरा नमिलेपछि आफू नबसेको शर्माको दावी छ । समाचार श्रोत अनुसार उनले एकलौटी ढंगबाट बैंंक चलाउन खोजेको, संचालक समितिलाई नै चुनौती दिनेगरी अघि बढेको हुँदा उनलाई हटाइएको हो । चार बर्षका लागि नियुक्त गरिएका शर्मा दुईबर्ष पनि पुरा नहुँदै बाहिरिएका छन् । शर्मा अत्याधिक धेरै बैंक चाहार्ने बेंकर्सका रुपमा चिनिन्छिन् । उनी फागुन मसान्तबाटै औपचारिक रूपमा बाहिरिने भएका छन्। बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नायव प्रमुख कार्यकारी सन्तोष कोइरालालाई दिएको छ । उनले माछापुच्छ्रे बैंकमा ७ वर्ष विताइसकेका छन् । कोइरालाले यसअघि बैंक अफ काठमाण्डूबाट करियर सुरु गरी सानिमा बैंकमा समेत लामोसमय काम गरिसकेका छन् । उनीसँग २१ वर्षको बैंकिङ अनुभव छ ।