बैंकिङ खबर । बैंकिङ क्षेत्रले कर्मचारीका लागि सरकार र कर्पोरेट हाउसको तुलनामा कम खर्च गर्ने गरेको पाइएको छ । बैंकर्स संघद्धारा गठित एक अध्ययन समितिको अध्ययनले यस्तो देखाएको हो । यससँगै, कर्मचारीमा धेरै खर्च गरेका कारण बैंकहरुको व्याजदर बढी भन्ने आरोप गलत सावित भएको छ ।
समितिले सरकारी कर्मचारी, राष्ट्र बैंक, बहुराष्ट्रिय कम्पनीहरु, ठूला कर्पोरेट हाउसमा कार्यरत कर्मचारीको तलबभत्ता तथा सेवा सुविधासँग बैंकका कर्मचारीको तलबभत्ता तथा सेवा सुविधा तुलना गरेको थियो । जसअनुसार वाणिज्य बैंकका कर्मचारीहरुको तलब भत्ता एवम् सेवा सुविधा सबैभन्दा कम पाइएको छ । त्यस्तै, सार्कका अन्य मुलुकहरुसँगको तुलनामा नेपालका बैंकहरुको व्याजदर बढी नरहेको पनि अध्ययनले देखाएको छ ।