Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सबै बैंकले नाफाको केही भाग नगरपालीकालाई नछुट्याए कार्बाही गर्ने चेतावनि

२०७६ फाल्गुन १९ गते

बैंंकिङ खबर । नेपालगंजका एक स्थानीय जनप्रतिनिधिले बैंकसँग आम्दानीको केही हिस्सा रकम असुल्ने योजना अघि सारेका छन् । नेपालगन्ज उपमहानगरपालिका प्रमुखले आम्नादीको एकप्रतिशत स्थानीय शाखा रहेका बैंकले नगरपालीकालाई बुझाउने कानून बनाउन लागिएको बताए । त्यस्तो रकम नदिए कार्बाही गर्ने उनले चेतावनि दिएका छन् । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले नगर क्षेत्रमा रहेका सबै वित्तीय संस्थालाई आम्दानीको एक प्रतिशत रकम अनिवार्य उपलब्ध गराउन निर्देशन दिए । उनले बैंकको केन्द्रीय कार्यालयको नाफाको एक प्रतिशत वा स्थानीय शाखाको नाफाको एक प्रतिशत भन्ने बारे प्रष्ट पारेनन् । उनले बैंक तथा वित्तीय संस्था संघीय सरकारको मातहत हुनुपर्ने पनि बताए । नगर प्रमुख राणाले नगर क्षेत्रमा काम गर्ने सबै बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा एक प्रतिशत रकम उपलब्ध गराउनुपर्ने बताउँदै राम्रो गर्नेलाई पुरस्कृत र अटेर गर्नेलाई कारबाही गर्ने चेतावनी दिए । बैंक अफ काठमान्डूको २५ औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रदेश ५ कार्यालयले शनिबार नेपालगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा नगर प्रमुख राणाले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम संकलनका लागि कानुन बनाउने तयारी भइरहेको बताए । ‘जनताबाट कमाएको रकम जनतालाई सेवामार्फत फिर्ता गर्ने हो उनले भने ‘दुई वर्षअघि हामीले सबै बैंक तथा वित्तीय संस्थालाई बोलाएर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न भनेका हौं, अब पनि नदिए कार्बाही हुन्छ ।’ नगर प्रमुख राणाले अटेर गर्ने वित्तीय संस्थालाई कारबाही गर्ने घोषणा गरे । उनले नेपालगन्जमा आम्नादी गरेर बैंकहरुले काठमाडौंमा खर्च गर्ने गरेको भन्दै आपत्ति पनि जनाए ।

Ad