बैंकिङ खबर । भारतले नेपाललाई आठ अर्ब रुपैयाँ अनुदान रकम दिने भएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतरमणले शनिबार ल्याएको बजेटमा नेपाललाई आठ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरिएको हो । भारत सरकारले गतवर्ष बजेटमा नेपाललाई १२ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेकोमा यो वर्ष चार अर्ब रुपैयाँ घटाएको हो । यो भारतीय दूतावासले सिधै खर्च गर्ने रकम हो ।