Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंक र बैंकर्स संघलाई अर्थमन्त्रीको आधा दर्जन निर्देशन

२०७६ माघ ७ गते

बैंकिङ खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक र बैंकर्स संघलाई आधा दर्जन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलमा अर्थमन्त्री डा. खतिवडाले व्याजदर, सेवा शूल्क, लगानी, सहुलियत कर्जा लगायतका विषयमा निर्देशन दिएका छन् । यस्ता छन्, निर्देशनहरुः

व्याजदर निर्धारणको सम्बोधन गर्न बैंकले लिने सेवा शुल्कको समिक्षा गर्न,
मुलुकमा हाल सम्भावनायुक्त लगानी क्षेत्रको रुपमा विकसित भएको पूर्वाधारमा लगानी विस्तार गर्न,
सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा नतिजा आउने गरि काम गर्न,
वाणिज्य बैंकहरुबाट हेजिङ सुविधा उपलब्ध गराउने वातावरण निर्माण गर्न,
विदेशी विनिमयको व्यवस्थापनलाई थप प्रभावशाली बनाउन,
नेपाल राष्ट्र बैकको नियमनकारी भूमिकालाई प्रभावकारी र समयसापेक्ष बनाउन ।

सरकारले अघि सारेका नीति नियम तथा योजनामा भएका प्रगति र त्यसको कार्यान्वयनको चरणमा देखा परेको समस्याका बारेमा जानकारी गराउन अर्थमन्त्रीले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।

Ad