Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रा. डा. प्याकुरेलको अध्यक्षतामा अर्थशास्त्रीहरुको नयाँ कार्यसमिति चयन

२०७६ पुष २० गते

बैंकिङ खबर । प्रा. डा. विश्वम्भर प्याकुरेलको अध्यक्षतामा अर्थशास्त्रीहरुको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघको २९ औं वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डा. भवानी ढुंगाना वरिष्ठ र प्रा.डा. गोविन्द नेपाल छन् भने महासचिवमा गोपालप्रसाद तिवारी चयन भएका छन् । त्यस्तै, सचिवमा डा. खोमराज खरेल सचिव र कोयाध्यक्षमा प्रा.डा. शान्ता सिंह चयन भएका छन् । प्रा.डा. विजय श्रेष्ठ, प्रा.डा केशवराज खड्का, केशव प्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्रा.डा शिवराज अधिकारी, प्रा.डा. माधवप्रसाद दाहाल, डा.मणिकुमार नेपाल, डा.यादवमणि उपाध्याय, नविन अधिकारी र जमुना श्रेष्ठ सदस्य रहेको समितिमा त्रि.वि.केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य चयन भएका छन् ।

नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्न हुँदै आएको छ । संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीति निर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको छ ।

आगामी दिनमा देशका सातै प्रान्तमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तीय संघीयता सम्बन्धी विषयहरुमा प्रान्त स्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । संघले राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन पनि गर्ने भएको छ ।

Ad