Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

४७ लाख ५५ हजार कित्ता आईपिओ जारी गर्दै एनआईसी एशिया लघुवित्त

२०७६ पुष १८ गते

बैंकिङ खबर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रूपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । संस्थाले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा ४७ लाख ५५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

संस्थाले शेयर निष्काशनका लागि मध्यम किसिमको सुरक्षाको संकेत जनाउने ‘केयर एनपी आइपीओ ग्रेड चार प्लस’ प्राप्त गरेको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट शेयर निष्काशनको अनुमति लिन बाँकी रहेको छ ।

हालको चुक्ता पुँजी एक अर्ब रूपैयाँ रहेको संस्थाको जगेडा कोषमा १६ करोड २९ लाख रूपैयाँ छ । प्राथमिक शेयर निष्कासनपछि चुक्ता पुँजी एक अर्ब ४७ करोड रूपैयाँ पुग्नेछ ।

Ad