Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

स्वचालित प्रणालीबाट बीमा गर्ने व्यवस्था मिलाउन समितिको निर्देशन

२०७६ पुष १० गते

बैंकिङ खबर । बीमा समितिले कम्प्युटरमार्फत स्वचालित प्रणालीद्वारा बीमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । समितिले म्यादी बीमाको पुलको व्यवस्थापन गर्दै आएका गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाईफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीलाई समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले बीमा गर्न चाहने व्यक्तिले अनलाईनबाट सजिलै भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाउन बनेको छ । निर्देशनमा बैदेशिक रोजगार म्यादी बीमाको लागि बैदेशिक रोजगार विभागमा समन्वय गर्न समेत भनिएको छ ।