बैंकिङ खबर । बागलुङको धौलागिरि लघुवित्त वित्तीय संस्था र स्याङ्जाको आँधीखोला लघुवित्त वित्तीय संस्था गाभिने भएका हुन् । मर्जरपछि धौलागिरि आँधीखोला लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ ।
संस्थाको अध्यक्षमा धौलागिरिबाट इश्वरलाल राजभण्डारी हुने र प्रमुख कार्यकारीमा आँधीखोलाका डोलराज केसी हुने सम्झौता भएको छ । नायव प्रमुख कार्यकारीमा धौलागिरिका प्रमुख कार्यकारी शिवराम जोशी रहनेछन् । केन्द्रीय कार्यालय पोखरामा रहने भएको छ ।
मर्जरपछि चुक्ता पूँजी १७ करोड पुग्नेछ भने शाखा संख्या ५५ पुग्ने छ। बैशाख १ बाट संयुक्त कारोबार गर्ने तयारी भएको छ।