बैंकिङ खबर । कैलालीका विभिन्न स्थानबाट नक्कली नोट छाप्ने गिरोह पक्राउ परेका छन् । नक्कली नोट छाप्ने गिरोहका नाईके भनिएका महेन्द्रनगरका तेजवहादुर कार्कीलाई कैलाली प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको हो। सोही गिरोहमा सक्रिय चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गत साउनबाट उनी फरार रहँदै आएका थिए । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको थियो। यसअघि कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । नक्कली नोट छाप्ने गिरोहका नाईके महेन्द्रनगरका तेजवहादुर कार्की हुन् ।