Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक लुट्ने अपराधिहरु १८ / १९ बर्षका कलिला अनुहार !

२०७६ मंसिर ११ गते

बैंकिङ खबर / १८ बर्ष, १९ बर्ष, २० बर्ष अनि २१ वर्ष । यति सानो र कलिलो उमेरमा बैंक लुट्न भ्याइसक्ने । कति बर्षबाट सुरु भएहोला प्रशिक्षण । कसले फसाउँदैछ भर्खरका कलिला युवाहरुलाई । बैंकिङ अपराधमा प्रहरीले हालै समातेका कुनै पनि व्यक्तिको उमेर २५ पनि कटेको छैन । पक्राउ पर्नेमा सुभाष श्रेष्ठ, कुमार तामाङ, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरे छन् । उनीहरूबाट बिभिन्न व्यक्तिहरूको नागरिकताको २ सय ९० वटा प्रतिलिपि, विभिन्न व्यक्तिहरूका नाम र रकम उल्लेख गरिएको २६ वटा रजिष्टर, विभिन्न प्रकार हस्ताक्षर नमूना र बिभिन्न व्यक्तिहरूको नाम उल्लेख गरिएको दुइवटा डायरी पनि बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौमा राखेर उनीहरुलाई बैंकिंङ कसुर सम्बन्धी अपराधमा मुद्दा चलाउन सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ । उनीहरुले १ सय ९५ जनाको विभिन्न बैंकका स्टेटमेन्ट र हस्ताक्षर बटुलेको खुल्न आएको छ । उनीहरुले जनता बैंक, ज्योती विकास बेंक, एनआइसी एशिया बैंक लगायतका बैंकहरुमा ग्राहकको पहिचान बटुली ग्राहककै हस्ताक्षरमा चेकबुकहरु तयार गरीरहेको खुल्न आएको छ । काटिएको अवस्थाका चेक, चेकबुकहरु पनि बरामद गरिएको छ ।

प्रहरी भन्छ अब यस्ता घटनामा संलग्न व्यक्ति कसैगरी पनि उम्कन सक्ने अबस्था छैन । केही दिन अगाडि एटीएम मेसीनमै हमला गर्ने चिनियाँ अपराधिक टोली समातियो । त्यपछि कृषि विकास बैंकबाट पैसा ट्रान्सफर गर्ने अर्को गिरोह समातियो । यस अघि पनि अधिकाँस गिरोह समातिएका छन् । कोही बैंकिङ कसुरमा जेलमा छन् । कोही अपराधको केसमा जेलमा छन् । अहिले अधिकाँस ठाउँमा सिसि क्यामरा जडान छ । प्रहरीसँग पनि धेरै डिजिटल क्षमता छ । अनि प्रहरी पनि धेरै गुणा क्षमताका छन् । यसकारण यस्ता अपराधिक घटनामा संलग्न भएर पैसा कमाउँछु भन्ने कसैले पनि सोँच राख्न आबश्यक छैन, जव कि कोही पनि उम्कन सक्ने अबस्था नै देखिदैन । जीवनको नास, परिवारको विचलन र जेलजीवनका लागि मात्रै यस्ता हत्कण्डाहरु सावित हुने देखिन्छ ।

Ad