Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

पुनर्बीमा कम्पनीको सीईओ बन्न छ जनाको आवेदन

२०७६ कार्तिक १८ गते

बैंकिङ खबर । नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि ६ जनाको उम्मेदवारी परेको छ । आवेदन दिनेमा निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकाश पाएका अशोक पौडेल, युनाइटेड इन्स्योरेन्सको पुर्व प्रमुख कार्यकारी शेखर बराल रहेका छन् । त्यस्तै ज्ञानेश्वर आचार्य, शंकर रायमाझी र शेषनारायण आचार्यको पनि उम्मेदवारी परेको छ ।

सरकारी स्वामीत्व बढी भएको कम्पनीको सिइओ नियुक्ति प्रक्रियामा अर्थमन्त्रीको भूमिका हुने भएकाले अर्थमन्त्री निकटको ब्यक्ति नै सिइओ हुने सम्भावना छ ।