बैंकिङ खबर । वित्तीय अपराधमा संलग्न रहेका दुई भारतीय नागरिक जेल चलान भएका छन् । सुनचाँदीको चोरी पैठारी गरी राजस्व चुहावट गरेको तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा पक्राउ परेका अतुल बर्मा र उनका बुबा सुशिल कुमार राजपुतलाई कारागार चलान गरिएको हो ।
कैलालीमा गत भदौ २० गते स्रोत नखुलेको २९ लाख ८० हजार रकम सहित उनीहरुलाई पक्राउ गरिएको थियो । भारत पलियाखिरी घर भएका उनीहरु धनगढी उपमहानगरपालिका बस्दै आएका थिए । जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुको एकल इजलासले यसअघि छोरालाई कारागार चलान गरी बुवासँग २९ लाख ९० हजार रुपैयाँ धारैटी मागेको थियो । धरौटी बुझाउ नसकेपछि बुबा छोरालाई नै जेल चलान गरिएको छ ।