Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अव पुरा हुनेछ ‘आफ्नै अपार्टमेन्टमा अफिस’ राख्ने सपना

२०७६ कार्तिक ७ गते
बैंकिङ खबर । के तपाई काठमाडौंको सहरमा अफीसको लागि उपयुक्त ठाँउ नपाएर भौतारीदै हुनुहुन्छ ? यदी त्यसो हो भने अब भाडामा होइन आफ्नै अपार्टमेन्टमा स्ट्याण्डर अफीस खोलेर सधैका लागि ढुक्क हुन सक्नुहुने छ । बस्नका लागि अपार्टमेन्ट सिस्टम लोकप्रिय हुँदै गर्दा काठमाडौंमा अफिस प्रयोजनका लागि पनि अपार्टमेन्ट खरीद विक्रको अभियान सुरु भएको हो । एकपटक खरीद गरेपछि सधैका लागि हुने र सिंगो विल्डीङ बनाउनको झन्झट पनि नहुने भएकाले कम शुल्कमा आफ्नै उत्कृष्ट र सुविधा सम्पन्न अपार्टमेन्टमा कार्यालय व्यबस्थापन गर्न सकिने भएकाले यसको लोकप्रियता बढ्ने अपेक्षा गरिएको छ । प्रभु ग्रुपले काठमाडौंको मुटु लाजिम्पाटमा कार्यालय प्रयोजनका लागि मात्रै अपार्टमेन्ट विक्रीको सुरुवात गरेको छ । २ हजार ८ सय वर्ग फिट रहेको ४० वटा अपार्टमेन्टहरु अफीस प्रयोजनका लागि विक्री खुल्ला गरीएको हो । सस्तो र शुलभ दरमा चौबिसै घण्टा बिजुली, पानी र प्रशस्तै पार्किङ सुविधा सम्पन्न अपार्टमेन्ट कर्पोरेट अफिसका लागि महत्वपूर्ण हुने देखिन्छ । लिफ्टको प्रयोगले अपार्टमेन्टलाई थप सुविधा सम्पन्न बनाएको छ । विदेशमा लोकप्रिय मानिने यस्ता अपार्टमेन्टहरु कार्यालय प्रयोजनका लागि नेपालमा पनि प्रयोगको सुरुवात हुन थालेको छ । इच्छुक व्यक्तीले अपार्टमेन्ट खरीदका लागि सिधा नं. ९८०१९७९२४० तथा ९८०१९७९२४१ मा सम्पर्क गर्न सक्नेछन् ।

 

Ad