Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि विकास बैंक ह्याकिङ प्रकरण : बैंकका कर्मचारीमाथि आशंका, ११ जना पक्राउ

२०७६ आश्विन ८ गते

बैंकिङ खबर । कृषि विकास बैंक सिस्टम ह्याकिङ प्रकरणमा बैंककै कर्मचारीको संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले यस प्रकरणमा जोडिएका व्यक्तिमाथि आशंका गर्दै ११ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिसकेको छ । तर अनुसन्धान प्रक्रिया भर्खरमात्रै शुरु भएको भन्दै प्रहरीले यसबारेमा मुख खोलेको छैन । राष्ट्र बैंकको प्रारम्भि अनुसन्धानका क्रममा भने बैंककै कर्मचारीहरुको संलग्नता देखिएको एक अधिकारीले बताए ।

‘यो प्रकरणमा बैंककै कम्प्युटर समेत प्रयोग गरिएको देखिएको छ फेरी बैंकको सिस्टमबारे जानकारले मात्रै यस्तो गर्न सहज छ’ ति अधिकारीले भने, ‘यसकारण बैंककै कर्मचारीहरुको संलग्नता भएको हो कि भन्ने देखिएको छ ।’ प्रहरीले समातेका ११ मध्ये कोहि बैंकका कर्मचारी हुन वा हैनन भन्ने खुलेको छैन ।

राष्ट्र बैंक भुक्तानी प्रणालि विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले पनि बैंककै कर्मचारीको संलग्नता भएको हुन सक्ने आशंका गरेका छन् । व्यालेन्ससीट नै तलमाथि पारेर रकम निकालिएका कारण बैंककै कर्मचारी संलग्न भएको हुन सक्ने आशंका गरिएको छ । कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ट्रान्सफर गरिएको रकम केहि व्यक्तिको खातामा समेत हालिएको उनल बताए ।

यो विशुद्ध नयाँ शैली अपनाएर रकम निकालिएको र ब्यालेन्जसीट समेत चलाएर ३÷४ जना व्यक्तिको खातामा रकम ट्रान्फर गरिएको राष्ट्र बैंकले बताएको छ ।

Ad