omबैंकिङ खबर । एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंकको मर्जर प्रक्रिया सकिएको छ । अब आउँदो आइतबारदेखि बैंकको एकिकृत कारोबार सुरु हुनेछ । एनएमबीको साउन २८ गते बसेको साधारणसभाले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिपछि अब एनएमबी बैंकको नामबाट संयूक्त कारोवार हुने छ ।
एनएमवि बैंकले ओमका सिइओसहित अधिकाँस कर्मचारीलाई विदायी गर्दै छ । अब विकास बैंकको सूचिबाट अर्को ठुलो राष्ट्रिय स्तरको विकास बैंक घटेको छ ।
ओम डेभलपमेन्ट बैंकका सिइओ विश्वमहोहन अधिकारी सहित अधिकाँस कर्मचारी बाहिरिँदैछन् । उनीहरुलाई एनएमवि बैंकले अस्वीकार गर्दै विदाईको तयारी गरेको हो । लामो समय बैंकिङ क्षेत्रमा रहेका ओृमका सिइओ अधिकारीले डेपुटी सिइओ पनि नपाएपछि एनएमविमा नजाने भएका हुन् । उनको बैंकिङ करीयरमा पूर्णविराम लाग्ने संकेत देखिएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैंक अब पूर्ण रुपमा विलय भएको छ । अन्य कतिपय कर्मचारीलाई दुई तह र कसैलाई एक तह तल्लो स्तरमा झार्ने एनएमविको निर्णय ओमका सबैजसो कर्मचारीले अस्वीकार गरेका हुन् ।


