Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘भारु सटहि राष्ट्र बैंकले रोकेको होइन, भारतबकाटै समस्या’

२०७६ आश्विन ७ गते

बैंकिङ खबर । भारु नोट सटहि समस्या नेपाल राष्ट्र बैंकले रोकेको नभई भारतबाटै समस्या भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । पाँच सय, एक हजार र दुई हजार दरका भारती नोटहरु नेपालका कारणले नभई भारतकै कारणले नेपालमा चल्न नसकेको राष्ट्र बैंकले बताएको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले अहिले नै के गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए ।
हाल नेपालमा भारतको एक सय रुपैयाँमात्र प्रचलन गर्न पाइन्छ । पाँच सय, एक हजार र दुई हजार दरका भारतीय नोटको कारोबार गर्न पाइदैन । तर भारतमा रोजगारी गर्नेले घर फर्किँदा यस्तो रकम बोक्न सक्ने गृहसचिव प्रेमकुमार राईले  बताए । 

Ad