September 20th, 2019

तीन लघुवित्तमा ठूलो संख्यामा भ्याकेन्सी, एसएलसी उतीर्णलाई पनि अवसर

बैंकिङ खबर । तीन वटा लघुवित्त वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी मागेका छन् । समता माइक्रोफाइनान्स, एनआईसी एशिया लघुवित्त र मिथिला लघुवित्तले भ्याकेन्सी खुलाएका हुन् ।

समताले प्रशिक्षार्थीदेखि डेपुटी सीईओसम्मका ११ वटा पदमा कर्मचारी मागेको छ । आवेदन दिने म्याद यही असोज १५ गतेसम्म रहेको छ ।

त्यस्तै, एनआईसी एशियाले पनि सहायकदेखि अधिकृत तहसम्मका विभिन्न पाँच पदमा कर्मचारी मागेको छ । यस बैंकले प्रवीणता प्रमाणपत्र देखि स्नातक उतीर्णसम्मका लागि अवसर दिएको छ । आवेदन दिने म्याद असोज १६ गतेसम्म रहेको छ ।

मिथिला लघुवित्तले पनि एसएलसी र प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेका उम्मेदवारका लागि विभिन्न तीन पदमा दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद असोज १७ गतेसम्म रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]