Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु र एनआइसीबाहेक अरु बैंकको एटीएम संचालनमा, आफ्नो बैंकबाट मात्रै पैसा झिक्न मिल्ने

२०७६ भाद्र १५ गते

बैंकिङ खबर / बन्द भएका बैंक एटीएमहरु संचालनमा आएका छन् । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको छ । ती बैंकहरुको एटीएम अरु बैंकबाट झिक्न नमिल्नेगरी संचालनमा ल्याइएको छ । जुन बैंकको एटीएम छ त्यसै बैंकबाट मात्रै झिक्न मिल्ने छ । चिनियाँ एक गिरोहले काठमाडौंका एटीएम कव्जा गर्ने रणनीति बनाएर एटीएम ह्याक गर्ने प्रयास गरेको थियो । सुरक्षा विधि अपनाउनको लागि बैंकका एटीएमहरु बन्द गरिएका थिए ।

नेपाली बैंकको सिष्टम ह्याक गरेर अरबौं लुट्ने चिनियाँ गिरोहको योजना

चिनियाँ गिरोहले नेपालका बैंकबाट सिष्टम ह्याक गरेर अरबौं लुट्ने योजना बनाएको रहस्य खुलेको छ । पाँचजनाको एउटा चिनियाँ गिरोहलाई प्रहरीले एटीएम लुटीरहेको अबस्थामा पक्राउ गरेपछि यो रहस्य खुलेको हो । जसका कारण रकम जोगाउन नेप्स नेटवर्क अन्तरगतका एघार बैंक र सातवटा विकास बैंकहरुका एटीएम बन्द गरिएको छ । चिनियाँ समुहको ठुलो गिरोहले नेटवर्क ह्याक गरेर अरबौ रकम लुट्ने योजना बनाएको सूचना पाएपछि नेप्सले एटीएम सेवा अबरुद्ध गरेको बताइएको छ । आफ्ना नेटवर्कको रकम जोगाउन यस्तो रणनीति बनाएको हो । शनिबार चिनियाँ गिरोहले दरबार मार्गमा रहेका एटीएमबाट डेड करोड रकम लुटेका थिए । प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै चिनियाँ पाँच जना नागरिकहरुलाई दरबारमार्गबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । 

Ad