बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले चिनियाँ गिरोह नेपालमा सल्बलाएको थाहा पाउनासाथ बैंकिङ क्षेत्रमा सावधानी अपनाएको छ । सावधानीकै कारण चिनियाँ गिरोहको अरबौं रकम लुट्ने योजना विफल भएको छ । चिनियाँ गिरोहले सर्बर ह्याक गरेर रकम लुट्ने योजना बनायो । योजना अनुसार गिरोहले काठमाडौंका एटीएम बुथहरुसँग नेटवर्क कनेक्शन अबरुद्ध गर्ने र रकम लुट्ने योजना बनाएको थियो । यही योजनामा शुक्रबार गिरोहले दरबारमार्गमा एटीएम लुट्दै गर्दा प्रहरीले यसको सुइको पायो । फलस्वरुप रकम लुट्दै गर्दा चिनियाँ पाँचजनाको टोली पक्राउ पर्यो । त्यसपछि सुरु भएको अनुसन्धानले देखायो उनीहरु अरबौं रुपैयाँ लुट्ने योजनामा छन् । परिक्षण कालस्वरुप लुट्दै गर्दा पक्राउ परेपछि उनीहरुको योजनाको सूचना लिक भयो । यो सूचनाको आधारमा एटीएम सेवा बन्द गरेर हाल नेपाल राष्ट्र बैंकले अनुसन्धान गरीरहेको छ । अहिले राष्ट्र बैंक सुरक्षाको हाई अलर्टमा छ । ठुलो दुर्घट्ना जोगीनुका साथै अनुसन्त्रानका लागि सजिलो गर्न एटीएमहरु बन्द गर्नुपरेको राष्ट्र बैंकले जनाएको छ ।
नेप्स नेटवर्क अन्तरगतका एघार बैंक र सातवटा विकास बैंकहरुएटीएम अबरुद्ध भएका छन् । नेप्समा आबद्ध एटीएम नेटवर्कमा ठुलो समस्या आउने संकेत देखिएपछि नेटवर्क सेवा बन्द गरिएको हो । हाल एटीएम सेवाहरु अबरुद्ध छन् । चिनियाँ समुहको ठुलो गिरोहले नेटवर्क ह्याक गरेर अरबौ रकम लुट्ने योजना बनाएको सूचना पाएपछि नेप्सले एटीएम सेवा अबरुद्ध गरेको बताइएको छ । आफ्ना नेटवर्कको रकम जोगाउन यस्तो रणनीति बनाएको हो । नेपाल राष्ट्र बैंकले यस विषयमा प्राविधिक समस्या आएको पृष्टि गरेको छ भने अन्य गतिविधि बुझ्ने क्रममा रहेको बताएको छ । यसअघि शनिबार चिनियाँ गिरोहले दरबार मार्गमा रहेका एटीएमबाट डेड करोड रकम लुटेका थिए । प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै चिनियाँ पाँच जना नागरिकहरुलाई दरबारमार्गबाट पक्राउ गरेको थियो ।