बैंकिङ खबर । नागरिकलाई लघुवित्तलाई गाभ्ने प्रस्ताव पारित गर्न वोमी माइक्रोफाइनान्सले विशेष साधारणसभा डाकेको छ । कम्पनीले असोज २ गतेको लागि सभा बोलाएको छ । सभाको लागि कम्पनीले भदौ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १९ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।