Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकका एटीएमसहित दुई शाखा विस्तार

२०७६ भाद्र १२ गते

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले एकै दिन मोरङको उर्लाबारी र सुनसरीको इनरुवामा गरी दुई शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार सुरु गरेको छ । उर्लाबारी शाखा कार्यालय तथा एटीएम समेतको उद्घाटन उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले गर्नुभयो । त्यसैगरी र इनरुवा नगरपालिका वडानम्बर १ भगवती मन्दिर रोडमा रहेको इनरुवा शाखा तथा एटीएमको सोही नगरपालिकाका मेयर राजन मेहेताले ताम्रपत्र अनवारण गरी उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संस्था सक्षम र अब्बल बन्नको लागि उत्कृष्ट सेवा प्रवाह संगै संस्थागत सुशासन समेत महत्वपूर्ण रहने बताउनुभयो ।

त्यसैगरी गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले गरिमाले ग्राहकहरुको चाहना र आवश्यकतामा भएको परिवर्तन सँगै आफ्नो सेवा, सुविधा र प्रविधिलाई समयानुसार परिमार्जन गर्दै उत्कृष्ट वित्तीय सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिनुभयो । कार्यक्रममा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, बैंकका सञ्चालक डा. आनन्दप्रसाद श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो ।

इनरुवा शाखा उद्घाटनमा इनरुवा नगरपालीका वडा नम्बर १ का वडाध्यक्ष रामचन्द्र गोदारले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा बैंकका संचालक आनन्दप्रसाद श्रेष्ठ, इनरुवा उद्योग वाणिज्य संघका सहसचिव रोशन खड्का लगायतले पनि शुभकामना दिनुभयो ।

काठमाण्डौको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले हालसम्म काठमाण्डौभित्र ८ वटासहित देशभर ८० शाखा, ३५ एटीएम संचालनमा ल्याएको छ । निकट भविष्यमै देशका विभिन्न १५ स्थानमा शाखा खोल्ने लक्ष्य लिएको बैंकले बताएको छ ।

Ad