Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रिय वाणिज्य बैंकको १४ शाखा एकैसाथ विस्तार, अर्थमन्त्रीले गरे उद्घाटन

२०७६ भाद्र १२ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले एकैसाथ १४ वटा शाखा विस्तार गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटल प्रविधिबाट एकैसाथ १४ वटै शाखाको उद्घाटन गरेका हुन् । बैंकले काठमाडौँमा दुई वटा र प्रदेश ५ का विभिन्न जिल्लामा १२ वटा शाखा विस्तार गरेको हो ।

बैंकले काठमाडौं जिल्लाको कोटेश्वर र टोखामा शाखा विस्तार गरेको छ । त्यस्तै, झापाको बाह्रदशी गाउँपालिका वडा नं. ४ स्थित चकचकी, मोरङ्गको धनपालथान गाउँपालिका वडा नं. ४ स्थित कर्सिया, तनहुँको शुक्लगण्डकी नगरपालिका वडा नं. ६ स्थित खैरेनीटार, गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं. ४ स्थित पूर्तिघाट, नवलपुरको देवचुली नगरपालिका वडा नं. १६ स्थित टांगीकोट र कपिलबस्तुको शिवराज नगरपालिका वडा नं. ८ स्थित चन्द्रौटामा शाखा विस्तार गरेको छ । दाङ्गको घोराही उपमहानगरपालिका वडा नं. १५, पर्साको पोखरीया न.पा. वडा नं. ४, मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ६, महोत्तरीको बलवा नगरपालिका वडा नं. ६, रौतहटको चन्द्रपुर न.पा. वडा नं. ४ र महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ४ मा पनि राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखाको उद्घाटन गरिएको छ ।

यससँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या २३६ पुगेको छ । ७७ वटै जिल्लामा शाखा विस्तार गरेको बैंकले १७८ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ सेवामार्फत पनि सेवा दिइरहेको छ ।

Ad