Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

काठमाडौं उपत्यकामा मात्रै २ हजार ५ सय ६६ विरुद्द बैंकिङ कसुरका मुद्दा

२०७६ श्रावण ३२ गते

गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मात्र २ हजार ५६६ विरुद्द बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । यसले काठमाडौं उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि भएको देखाएको छ ।

महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंमा २ हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्द मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौंमा १५, ललितपुरमा ३ र भक्तपुरमा ३ ओटा कार्यालयबाट मुद्दा चल्दै आएको छ । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ । उपत्यकामा आव २०७४/०७५ मा ४८७ र आव २०७३/०७४ मा १० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताए । ‘पहिला सहमतिमा कारोबार गर्‍यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ,’ उनले भने ।

खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हक अन्तर्गत बैंकिङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो ।

मुलुकभर आर्थिक वर्ष २०७५/०७६ मा २ हजार ६२० जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै आव २०७४/०७५ मा ७७६ र आव २०७३/०७४ मा ९३ जनाविरुद्द बैंकिङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । रासस

 

Ad