Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

जनताको हितका लागि राष्ट्र बैंकले उमेर हदको निर्णय लिएको गभर्नरको स्पष्टोक्ती

२०७६ श्रावण २९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले जनताको हितका लागि बैंक तथा वित्तीय संस्थामा संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकिएको बताएका छन् । अर्थसमितिको बैठकमा राष्ट्र बैंकका गभर्नर डा. नेपालले सर्बोच्च अदालतको अन्तरिम आदेश औपचारिक नआएको बताए । गभर्नर नेपालले जनताको करबाट तलब खानेको उमेर हद ५८ भएको भन्दै जनताको पैसाबाट चल्ने बैंकका सिइओको उमेर लाई ६५ तोकिएको बताए ।

गभर्नर नेपालले संसारमा कहीँ नभएको वाणिज्य बैंकमा ९४ वर्षको अध्यक्ष र ८० वर्ष पुगेको व्यक्ति सिइओ रहेको दावी गरे । विश्वव्यापी मान्यताको आधारमा उमेर हद तोकेको बताउँदै उनले यो राष्ट्र बैंकको अधिकार भित्र पर्ने उल्लेख गरे । राष्ट्र बैंकले साउन २२ गते बैंक तथा वित्तीय संस्थाका सिइओ र प्रमुख कार्यकारी अधिकृतलाई उमेर हद तोकेको थियो । सो का बिरुद्ध बैंकर नारायणदास मानन्धर सर्बोच्च गएका थिए । सर्बोच्चले तत्कालका लागि यो निर्देशन पालना नगर्न अन्तरिक आदेश दिएको थियो ।

Ad