August 13th, 2019

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ताहरुलाई सम्मान

बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्सले राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पुरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरुको सहभागिता रहेको उक्त सम्मान कार्यक्रममा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरुमध्ये उत्कृष्ट १५।१५ जनालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धि सम्बन्धि उत्प्रेरणात्मक तालिम दिइएको थियो ।

 

 

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]