बैंकिङ खबर । जनसेवी लघुबित्त संस्था कूश्मा र मालिका गाउंपालिका म्याग्दी विच ग्रामीण विपन्न समूदायको क्षमता अभिबृद्धि गर्नका लागि आम्दानीमुलक व्यवसाय संचालनमा वित्तीय सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
मालिका गाउंपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र जनसेवी ल३ूवित्तका प्रमूख कार्यकारी अधिकृत कमल खत्री वीच सम्पन्न सहमति अनूसार गाउंपालिका र जनसेवी दूबैको संयूक्त आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण भेगमा क्षमता अभिबृद्धि तथा सीपमुलक विभिन्न तालिमहरु प्रदान गर्ने, महिला जागरण, आयआर्जन तथा महिला सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्ने, गाउंपालिकाले उत्कृष्ट व्यवसायी तथा कृषकहरुलाई अनूदान प्रदान गर्ने तथा आपसी सहकार्यमा भएको परियोजनाहरुलाई नमूना परियोजनाको रुपमा बिकसित हुने गरी कार्य गर्ने आदी सहमति गरिएको बताइएको छ ।
दूवै पक्षबिच सम्पन्न सहमति अनुसार आम्दानी मुलक व्यवसाय संचालनमा आवश्यक लगानीका लागि गाउंपालिकाले जनसेवी समक्ष सिफारिस गरी पठाउने, यसरी सिफारिस गरी प७ाएका कृषकहरुलाई जनसेवी लघुवित्तले सामुहिक जमानी तथा धितोमा संस्थाको नीति बमोजिम आवश्यकता हेरी वित्तीय सेवा प्रदान गर्ने रहेको छ ।
यस सहमति अनूसार एकातर्फ यस गाउपालिकाको कूनै पनि क्षेत्रमा व्यापार, व्यवसाय, कृषी फार्म, पशूपालन फार्म, तरकारी खेती तथा अन्य साना उद्योगहरु संचालन गर्न पुंजीको अभाव नहूने देखिन्छ भने अर्को तर्फ वित्तीय संस्थाको लगानी पनि वास्तविक लक्षित वर्गमा पग्ूने र सोको असूली प्रकृयामा गाउंपालिकाको समेत सहयोग हूने भएकोले खराव कर्जाको संभावना पनि कम रहने देखिएको छ ।