Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्रामीण विकास लघुवित्तद्वारा राहत रकम हस्तान्तरण

२०७६ श्रावण २१ गते

बैंकिङ खबर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले हावा हुरीबाट प्रभावित संस्थामा आवद्ध भएका सदस्यहरूलाई आर्थिक सहयोग गरेको छ । संस्थाको क्षेत्रीय कार्यालय धनगढीले सुदूर पश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गत २०७६ जेठ २३ गते आएको प्राकृतिक प्रकोप भिषण हावा हुरीबाट प्रभावित संस्थाका सदस्यहरूलाई १ लाख पचास हजार रुपैयाँ नगद राहत रकम वितरण गरेको हो ।

यसैगरि, क्रममा संस्थाको कार्यक्रममा आवद्ध कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं ७ शान्तिपुरमा रहेका ३१ जना हावा हुरीबाट प्रभावित ऋणी सदस्यहरूलाई ७६ हजार रुपैयाँ राहत रकम क्षेत्रीय प्रवन्धक शैलेन्द्र राज जोशीले हस्तान्तरण गरी राहत वितरण गरेका छन् ।

साथै कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं ८ खुटियामा रहेका ११ जना सोही मितिमा हावा हुरीबाट प्रभावित ऋणी सदस्यहरुलाई ७४ हजार रुपैयाँ नगद राहत प्रदान गरिएको छ । उक्त रकम संस्थाको इलाका कार्यालय अत्तरियाका प्रवन्धक परमानन्द पाण्डेयले एक समारोहका बीच प्रभावित सदस्यहरूलाई हस्तान्तरण गरेका हुन् ।

संस्थाले विभिन्न समय र स्थानमा प्राकृतिक प्रकोप, आगलागि, विरामी आदिबाट प्रभावित आफ्ना सदस्यहरूलाई सहयोग पु¥याउने उद्देश्यले ग्राहक संरक्षण कोषबाट सहयोग गर्दै आईरहेको छ ।

Ad