Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंक वित्तीयको खराब असुली बढ्यो, अषाढ मसान्त सम्म ४ अर्ब ५३ करोड बढी

२०७६ श्रावण १९ गते

बैंकिङ खबर । गत आर्थिक बर्ष २०७५/०७६ मा बैंक तथा वित्तीय संस्थाहरुबाट खराब कर्जा असुली बढेको छ । अघिल्लो आर्थिक बर्षमा भन्दा गत आर्थिक बर्ष २ अर्ब ५३ करोड ५० लाख रुपैयाँ बढीले खराब कर्जा असुली बढेको हो ।

ऋण असुली न्यायाधिकरणले गत आर्थिक बर्षमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट ४ अर्ब ७९ लाख ९१ हजार रुपैयाँ बराबरका खराब कर्जा असुली गरेको छ । आर्थिक बर्ष २०७४/०७५ मा एक अर्ब ७८ करोड २९ लाख १८ हजार रुपैयाँ बराबरको खराब कर्जा असुली भएको थियो । न्यायाधिकरणले बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरी खराब कर्जामा परिणत भएको ऋण असुल उपर गरेको जानकारी दिएको छ ।

२०५८ सालमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा उठाउन ऋण असुली न्यायाधिकरण स्थापना भएको थियो । हालसम्म न्यायाधिकरणले २३ अर्ब २८ करोड ९७ लाख रुपैयाँ बराबरको खराब कर्जा असुल उपर गरिसकेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाले ऋणीबाट उठाउन नसकेपछि न्यायाधीकरणमा ऋण असुलीका लागि मुद्दा दायर गर्दछन् ।

बैंक तथा वित्तीय संस्थाले ऋणको भाका नागेको चार वर्षभित्र न्यायाधिकरणमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । निवेदन दिँदा दाबी गरेको रकमको ०.२५ प्रतिशतले हुन आउने रकम ऋण असुली शुल्कबापत न्यायाधिकरणमा अग्रिम भुक्तानी गर्नुपर्छ । कर्जा असुली भइसकेपछि असुली भएको रकमको एक प्रतिशत असुली शूल्कबापत न्यायाधिकरणलाई तिर्नुपर्छ ।

Ad