बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले बैंकलाई बीमा गर्न रोक्नुको कारण खुलाएका छन् । शनिबार नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरोुमा बोल्दै उनले यस विषयमा प्रष्ट पारेका हुन् । उनका अनुसार कर्जा लिने ग्राहक, बीमा कम्पनी र बैंकरहरुकै धेरै गुनासो आउन थालेपछि यस विषयमा नेपाल राष्ट्र बैंकले कडाई गरेको हो ।
कार्यक्रममा उनले मर्जरका बारेमा पनि विस्तृतमा बोलेका छन् । मौद्रिक नीतिमार्फत आएको क्रस होल्डीङ र पूँजी वृद्धिका वावजुत र पारदर्शी ढंगले सबै बैंकहरुले राज्यलाई कर तिरीरहेको अवस्थामा पनि मर्जरलाई किन प्रोत्साहन गर्नुपर्यो भन्ने विषयमासमेत उनले बोलेका छन् । कार्यक्रम शनिबार बेलुका ८ः४५ बजे नेपाल टेलिभिजन न्यूज एचडीमा प्रशारण हुनेछ ।