Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया डिबेन्चर निष्काशन सुरु, व्याजदर कति ?

२०७६ श्रावण ६ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले सोमबारदेखि ‘एन आई सी एशिया डिबेन्चर २०८३/८४’ विक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ४४ लाख कित्ता ऋणपत्र विक्रीका लागि आह्वान गरेको हो । १०.२५ प्रतिशत वार्षिक ब्याजदर रहेको ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने बैंकले जनाएको छ ।

ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवर मार्फत् निष्काशन गरिएको छ भने रु. ४ अर्बको ४० करोडको ४० प्रतिशत अर्थात् रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिनेछ । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको उक्त ऋणपत्रको निष्काशन सर्वसाधारणको लागि साउन ६ गतेदखि विक्री खुला भई छिटोमा साउन ९ गते र ढिलोमा भदौ ३ गते बन्द हुनेछ ।

न्युन जोखिम
उक्त ऋणपत्रलाई केयर रेटिङ नेपाल लिमिटेडले न्युन क्रेडिट रिस्क जनाउने केयर एनपी ए र इक्रा नेपाल लिमिटेडले ए माइनस ग्रेडिङ्ग दिएका छन् । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण कडि हुने विश्वास बैंकले विश्वास लिएको छ ।

मुलुकको हालको दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम् प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानीको लागि विरलै प्राप्त हुने यो उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन बैंकले अनुरोध गरेको छ ।

Ad