बैंकिङ खबर । सिभिल बैंकले आईएसओ मान्यता पाएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै बैंकले आईएसओ मान्यता पाएको जानकारी दिएको हो । कान्छो पुस्ताको बैंकमा आईएसओ पाउने सिभिल पहिलो बैंक र पहिलो पुस्तामा आईएसओ पाउने चौथो बैंक रहेको बैंकका अध्यक्ष ईच्छाराज तामाङले बताए । आईएसओ पाउनु राम्रो संकेत भएको र यसले मर्जरमा जाँदा भ्यालू एड बढी पाउने विश्वास उनले व्यक्त गरे ।