July 17th, 2019

प्रभु लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, स्थानीयलाई प्राथमिकता

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा जुनियर एसिस्टेन्ट र सिनियर अफिसर तहका कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक, सब ब्रान्च इन्चार्ज वा बैंकास्योरेन्स र अपरेसन इन्चार्जका लागि दरखास्त आह्वान गरेको हो ।

कम्तीमा दोस्रो श्रेणीमा व्यवस्थापन संकायमा स्नातक उतीर्ण र दुई वर्ष जीवन बीमा वा अन्य वित्तीय संस्थामा सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

कम्पनीले सातै प्रदेशका विभिन्न स्थानका लागि कर्मचारी नियुक्ति गर्न खोजेको छ । स्थानीय आवेदकले प्राथमिकता पाउने कम्पनीले जनाएको छ । आवेदन दिने म्याद ३१ जुलाईसम्म छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]