July 14th, 2019

लघुवित्तबाट कस्तो कस्तो कर्जा पाइन्छ ?

प्रकाशराज शर्मा, उपाध्यक्ष, माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन
लघुवित्तको सेवा ७७ जिल्लाका कुनै पनि क्षेत्र छुटेका छैनन् । युवाहरुले लघुवित्तबाट २ किसिमका लघुवित्तले सेवा लिन सक्छन् । एउटा त ठुलो कर्जा हो, जसमा सेवाग्राहीहरुले आफुसँग भएको भौतिक सम्पती धितोमा राखेर कर्जा लिन सक्छन् । अर्को जोसँग धितो छैन उनीहरुलाई आ–आफ्नो संस्था अनुसार फरक नियम छ ।

बिनाधितो कर्जा
त्यसमा स्वाग्राहीहरु कुनैपनि एउटा समुह वसेर समुहको सिफारिसमा बिना धितोपनि कर्जा लघुवित्तबाट लिन सक्छन् । त्यसमा पनि लघुवित्त संस्थाहरुले महिलालाई बढी प्राथमिकता दिएको छ । तर उनीहरुले महिलाहरुलाई कर्जा दिए तापनि त्यस प्रकारको कर्जा युवाहरुले पनि प्रयोग गर्न सक्छन् । त्यो बाहेक लघुवित्तले मुख्य कर्जा दिने भनेको आयआर्जनको लागि हो । यसका साथै अरुपनि विभिन्न कर्जाहरु लघुवित्तबाट लिन सकिन्छ, जस्तो शैक्षिक कर्जा, बैदेशिक कर्जा, मौसमी कर्जा लगायत अन्य विविध कर्जाहरु लघुवित्तले आवश्यकता अनुसार दिन्छ ।

लघुवित्तबाट प्रवाह हुने कर्जालाई लघुउद्यमी कर्जा भन्छौँ । हामी उद्यमीलाई तागेट कर्जा दिरहेका छौ । आफुभित्र रहेको सिपको प्रयोग गर्न पैसाको खाँचो हुनेहरुलाई लघुवित्तले लगानी गर्छ ।

धितो कर्जा
राष्ट्र बैंकको नियमअनुसार धितो राखेर लघुवित्तले १० लाख रुपैयाँसम्म कर्जा दिने व्यवस्था छ । गाउँपालिका वा नगरपालिका हेरेर सात लाखदेखि १० लाखसम्म धितो कर्जा दिन पाउने प्रावधान रहेको छ । विपन्न वर्गलाई माध्यम बनाएर मिसन नखड्कियोस भनेर आफ्नो कुल कर्जा र कुल कर्जाको एकतिहाई भन्दा धितो कर्जा माथि हुन हुँदैन भनिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]