July 12th, 2019

ज्योति लाइफ इन्स्योरेन्सले “ज्योति केयर्स” कार्ड संचालनमा

बैंकिङ खबर । ज्योति लाइफ इन्स्योरेन्सले “ज्योति केयर्स” कार्ड संचालनमा ल्याएको छ । मुलुकभरका विभिन्न होटल, अस्पताल एयरलायन्स लगायत साझेदारी संस्थामा बिषेश छुट प्रादन गने कम्पनीले उक्त कार्ड संचालनमा ल्याएको हो ।

कम्पनीले ५ लाख रुपैयाँ वा सो भन्दा बढीको बीमाङ्क बराबर सावधिक जीवन बीमा गर्ने सबै बिमितलाइ कम्पनीले तोकिको संस्थाहरुमा ५ प्रतिशतदेखी ३० प्रतिशत सम्म नगद छुट हुने व्यवस्था गरेको छ ।

कार्डको शुभारम्भ गर्दै कम्पनीका अध्यक्ष नन्द किशोर शर्माले जीवन बीमा सेवाको अतिरिक्त अन्य सेवा सुविधा विस्तार गरी ग्राहक सेवा केन्द्रीत योजना संचालन गर्ने क्रममा “ज्योति केयर्स” सेवा संचालनमा ल्याएको बताए । साथै सुरुवातदेखि नै घातक रोग उपचार सुविधा लगायत नयाँ नयाँ विषेशता भएका बीमा योजनाहरु सार्वजनिक गर्दै बीमितहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी दिए । साथै, आगामी दिनमा पनि नयाँ नयाँ योजनाहरु मार्फत बीमितलाई बीमा सेवा प्रदान गर्ने जनाएका छन् ।

कम्पनीले ल्याएको कार्डबाट विभिन्न साझेदार संस्थाहरु अस्पताल, होटल, एयरलायन्स, रिसोर्ट, सिनेमा हल लगायत अन्य साझेदार संस्थामा विशेष छुट तथा प्रथामिकता गरिने जनाईएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]