July 10th, 2019

राष्ट्रिय बीमा कम्पनी र मुक्तिनाथ विकास बैंक बीच व्यवसायीक सम्झौता

बैकिङ खबर । राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बीमा व्यवसाय सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बीमा कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाइ प्राथमिकता दिई गर्न लागिएको जनाइएको छ ।

सम्झौतापत्रमा बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । सो सम्झौताले बीमा कम्पनी तथा बैंकका कर्मचारी र ग्राहक दुबै लाभान्वित हुन सक्नेछन् विस्वास गरिएको छ ।

मुक्तिनाथविकास बैंक लि.ले देशैभरी ११९ वटा शाखा, २५ वटा ए.टि.एम. बाट ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधा प्रदान गरिरहेको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]