लोकप्रिय कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ मा आज जनता बैंकका सिइओसँग विशेष अन्तर्वाता

बैंकिङ खबर । नेपाल टेलिभिजन न्यूज एचडी च्यानलमा प्रत्येक बुधबार बेलुकी ८ः५० बजे प्रशारण हुने कार्यक्रम बैंकिङ सेरोफेरमा आज जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीसंग बिषेश अन्तवार्ता रहेको छ । उक्त अन्तरवार्तामा विशेष बिग मर्जरको सम्बन्धी चर्चा गरिएको छ ।

केही दिन अगाडि मात्र जनता बैंक र ग्लोबल आइएमइ बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता भएको छ । आजको कार्यक्रममा जनता र ग्लोबल आइएमइ बैंकका कर्मचारी समायोजन, वित्तीय कारोबार समायोजन लगायतका विषयमा चर्चा गरिएको कार्यक्रम प्रस्तोता मनोज पौड्यालले जानकारी दिए ।

बैंकिङ सम्बन्धि सम्पूर्ण समस्याको समाधान भन्ने मूलनाराका साथ स्थापित बैंकिङ एण्ड फाइनान्सियल सोलुसन प्रालिुद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम बैंकिङ सेरोफेरो छोटो समयमा नै लोकप्रिय बन्दै गएको छ ।

प्रत्येक बुधबार बेलुकी ८ः५० बजे प्रशारण हुने यो कार्यक्रमको पहिलो भागमै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अन्तर्वार्ता प्रशारण भएपछि कार्यक्रमको पहिलो भाग नै चर्चित भएको थियो । लगत्तै दोश्रो भागमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ताले नेपाली बैंकिङ क्षेत्रमा राम्रै हलचल ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.