July 9th, 2019

प्रभु टिभी नयाँ टेक्नोलोजीमा, अब मोबाइल मै टिभी हेर्न सकिने


बैंकिङ खबर । प्रभु समूहले मोबाइलमै टेलिभिजन हेर्ने (ओटीटी) सेवा सुरु गरेको छ । याे समुहले अब इन्टरनेटबाट पनि टिभी हेर्न मिल्ले सेवा शुरु गरेको हो । यस अगाडि प्रभु समुहले ओरिस्टोरियल प्रविधिमा आधारित टेलिभिजन वितरन सेवा संचालनमा ल्याएको छ ।

प्रभु टीभीको मोबाइल एप्लिकेसन डाउनलोड गरी अब ग्राहकले मोबाइल, ट्याबलेट तथा ल्यापटपमा समेत देश तथा बिदेशका टेलिभिजन हेर्न पाउने छन् । यसका लागि प्रभु समूहले हाल मोबाइल एप्लिकेसनमार्फत् मोबाइल सञ्चालन गरिरहेको नेट टीभीको ओटीटी प्लेटर्फम खरिद गरेको छ । नेट टीभीका ग्राहकहरुले प्रभु टीभीको एप्लिकेसन डाउनलोड पहिलेको सेवा निर्वाध प्रयोग गर्न पाउनेछन् ।

मोबाइल टीभी सेवा खरीद गर्न प्रभु पे डाउनलोड गरी आवश्यक भुक्तानी गर्न सकिनेछ साथै निकट भविष्यमा एनसेल, नेपाल टेलिकम र स्मार्ट सेल मोवाईल सेवाबाट समेत भुक्तानी गरी सेवा प्राप्त गर्न सकिनेछ ।

साथै, प्रभु टीभीले आगामी दिनमा इन्टरनेटमार्फत् टीभी बितरण सेवासमेत आरम्भ गर्ने तयारी गरिरहेको छ । आइपी टीभी सेवा सुरु भएपछि ग्राहकले टीभी सेट, मोबाइल तथा ल्यापटमा समेत टीभी हेर्न पाउनेछन् भने एउटै केवलमार्फत् टीभीसँगै इन्टरनेट सेवा पनि प्राप्त गर्नेछन् ।

सुरुवातमा प्रभु टिभिले काठमाण्डौ उपत्यका, चितवन र पोखरा लगायतका स्थानहरुमा आफ्नो सेवा प्रदान गरेको थियो । त्यसपछि सुनसरी, धरान, दमक, भैरहवा, बुटवल, नवलपरासी र कपिलबस्तु लगायतका स्थानहरुमा समेत आफ्नो सेवा प्रारम्भ गरिसकेेको प्रभु टीभीले जनकपुर र बीरगन्जमा सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]