July 9th, 2019

‘परिवार, समाज र राष्ट्रको आर्थिक उन्नतीको लागि बीमा आवश्यक छ’

नेपालमा बीमाको इतिहासलाई हेर्दा बीमाको शुरुवात २००४ सालबाट “नेपाल माल चलानी तथा बीमा कम्पनी लिमिटेड” को स्थापना संगै भएको हो । बीमा व्यवसायको शुरुवात नेपालमा ७ दशक अगाडी नै भएको भएता पनि आज सम्म बीमाको पहुँच उल्लेख्य रुपमा बढ्न सकेको छैन् । आज पनि मानिसहरुमा बीमा सम्बन्धी धेरै अन्योल्ता कायमै रहेको पाइन्छ । बीमा के हो, बीमा किन आवश्यक छ लगायतका बीमा क्षेत्रका विभिन्न बिषयसंग सम्बन्धीत रहेर प्रभु इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्रचार्यसंग बैंकिङ खबरले गरेको अन्तवार्ताको अंश :

बीमा भनेको के हो ? तपाईको आफ्नो बुझाईमा के हो त बीमा ?

बीमालाई एक शब्दमा भन्नु पर्दा बिमक र बिमितबीचको करारलाई बीमा भनिन्छ । करार भन्नाले कस्तो भन्दा कुनै पनि सम्पती क्षति भएको बेलामा त्यसको आर्थिक दायित्व ब्यर्होनुलाई करार भनेर बुझ्न सकिन्छ । बीमालाई सम्पतीको दायित्व जोखिम बहन गर्ने क्षेत्र भनेर पनि बुझ्न सकिन्छ ।

लामो समय देखि बीमा क्षेत्रमा हुनुन्छ, तपाईले यस अवधीमा कति व्यक्तिका कति सम्पतीको जोखिम बहन गर्नु भयो ?

शुरुमा त धेरै कम थियो तर अहिले भने धेरै बढेको हुनाले हामीले कतिको जोखिम बहन ग¥यौं भनेर संख्यामा तुलना गर्न सकिन्दैंन । केहीहद सम्म छोटो समयमा नै प्रतिशतमा पनि बढेको छ । पहिलेको तुलनामा बीमाको दायरालाई हेर्दा १८ प्रतिशतले बढेको छ । त्यसै अनुसार हामीले पनि धेरै व्यक्तिको बीमा गरेका छौं । भविश्यमा यो अझ बढेर जान्छ ।

नयाँ बीमा कम्पनीहरु भित्रिए संगै यस क्षेत्रमा प्रतिस्प्रर्धा बढेको छ । यसले बीमा क्षेत्रलाई कतिको फाइदा होला ?

बीमा कम्पनीहरुको संख्यामा वृद्धि भएको छ तर र्निजीवन बीमा कम्पनीहरुको संख्यामा भन्दा धेरै जीवनबीमा कम्पनीहरुको संख्यामा वृद्धि भएको छ । र्निजीवन बीमा कम्पनीहरु थोरै मात्र थपिएका छन् । बीमा कम्पनीहरुको संख्या बढे अनुसार व्यवसायमा प्रतिस्पर्धा बढेको छ र बीमाको दायरामा पनि वृद्धि भएको छ । हामीले बीमा कम्पनीहरुको संख्यामा वृद्धि भयो भन्दैमा आत्तिनु पर्ने कुरा भने छैन । नयाँ बीमा कम्पनीहरुले पुराना बीमा कम्पनीहरुले समेट्न नसकेका क्षेत्रहरुमा पनि बीमा सेवा दिएर बीमाको दायरा बढाउँछ । बीमा कम्पनीहरु प्रतिप्रर्धी भएमा नै उपभोक्ताहरुले राम्रो सेवा पाउछन् । त्यस कारण बीमा क्षेत्रमा नयाँ बीमा कम्पनीहरु थपिएर वा प्रतिस्पर्धा बढेमा बिमक र बिमित दुबैलाई धेरै फाइदा पुगेको छ ।

हाल बीमाको पहुँच १८ प्रतिशत पुग्यो भनिएको छ । तर बीमा कम्पनीहरुको संख्या बढे अनुसार अझै पनि बीमाको दायरा बढ्न सकेको देखिन्दैन् नि ?

हाम्रो देशको संर्दभमा बीमा स्वत : स्फुर्तरुपले गरिरहेको पाइन्दैन् । जति नै जान्ने बुझ्ने व्यक्ति भएता पनि बीमा आवश्यक भएमा मात्र गराउछन् । स्वत : बीमा गराउन जनचेतना अभिवृद्धि गर्न आवस्यक छ । बीमा सम्बन्धी जनचेतना फैलाउने काम भइरहेको छ । सबै बीमा कम्पनी, बीमा समिती र बीमासंग सम्बन्धीत संघ संस्थाहरु पनि यस कार्यमा लागिरहनु भएको छ । केही बर्ष अगाडीको तथ्यांक हेर्दा अहिले १८ प्रतिशत भनेको धेरै नै हो । बीमा कम्पनीहरु बढीसंगै बीमा सम्बन्धी सचेतना कार्यक्रमहरु पनि बढीरहेको छ । भविश्यमा चाँडै नै बीमा वाध्यतामा आवश्यक भएर गराउने भन्दा स्वत : बीमा गराउने प्रचलन शुरु हुन्छ ।

पछिल्लो समयमा त र्निजीवन बीमा कम्पनीहरुको व्यवसायमा बैंकहरुले पनि सहयोग गरेको छ । बैंकिङ क्षेत्रबाट बीमा कसरी हुन्छ ?

महत्वपुर्णकुरा यसमा बुझ्न के आवश्यक छ भने बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय संचालनका लागि बीमा आवश्यक छ । बैकले विभिन्न धितोमा राखि कर्जा दिनुपर्ने हुन्छ । त्यसका लागि बैंकहरुलाई धितोको सुनिश्चताको आवश्यकता पर्छ । त्यस किसिमको आवश्यकताको परिपुर्ति बीमाले गर्छ । बैंक र बीमा एकअर्काको परिपुरकको रुपमा पनि रहेको छ । बैंकले लिने हरेक धितोको बीमा गर्नैपर्ने भएकाले पनि बीमालाई केहि फाइदा भएको हो । तर हामी त्यतिमा मात्र सिमित रहनु हुदैन । बैंक तथा वित्तीय क्षेत्रमा कारोबार गर्नेलाई मात्र बीमा सेवा दिने भन्ने होइन, त्यो भन्दा बाहिर पनि धेरै भौतिक संरचनाहरु छन् । त्यसको पनि जोखिम हामीले दिनु पर्छ । त्यस कारण बीमा कम्पनीहरु बैंकसंग आधारित भएर बीमा व्यवसाय संचालन गर्ने भन्दा पनि त्यो भन्दा बाहिरको भौतिक सम्पतीहरुलाई बीमाको दायरामा समेट्न सक्नुपर्छ ।

बैंकहरुले आफ्नो सम्पती सुरक्षाको लागि सेवाग्राहीहरुलाई बीमा गराएको नै हुन्छ । के आज पनि बैंकिङ कारोबारका लागिमात्र मानिसहरु बीमा गर्न बाध्य भएका हुन ?

पहिले त अवश्य नै बैंकिङ कारोबार गर्ने व्यक्तिहरुले मात्र बीमा गर्नेगरेका थिए । अहिले बिस्तारै त्यो प्रचलन घट्दै गएर बैंकमा कारोबार गर्ने भन्दा बहिरका मानिसहरुले पनि बीमा गराउने प्रचलन बढेको छ । पहिलेको अवस्थामा नेपालमा बीमा सम्बन्धी चेतना नै थिएन । बीमा के हो त्यो नै बुझेका थिएनन् । तर अहिले बीमाको चेतना बिस्तारै बढीरहेको छ । अहिलेको अवस्थामा भने बीमा के हो बुझ्न नचाहने पनि धेरै छन् त्यसैले बुझाउन गाह्रो छ तर बुझाउन अत्यन्तै आवश्यक छ । पढेलेखेका मानिसहरु पनि बीमा सम्बन्धी बुझ्न नै खोज्दैनन् । त्यसले गर्दा अहिले पनि बीमा सम्बन्धी चेतना फौलाउन चुनौतीपुर्ण नै छ ।

सरल र सहज तरिकाले नेपालको जुनसुकै क्षेत्र वा स्थानबाट पनि कसरी र कुन प्रकृयाबाट बीमा गर्न सकिन्छ ?

बीमा कम्पनीहरु अहिले प्रविधीमैत्री भएका छन् । उनीहरुले बीमा सेवाको लागि विभिन्न मोवाइल एपहरु संचालनमा ल्याएका छन् । जसको मद्धतबाट घरमा नै बसेर चाहेको बीमा कम्पनीमा बीमा गर्न सक्छन् । अब बीमा गर्न चाहनेहरु बीमा कम्पनीको कार्यलयमा नै पुग्नु पर्छ भन्ने छैन । इनटरनेट र प्रविधिको पहुँच पुगेको जुनसुकै क्षेत्र वा स्थानबाट पनि तुरुन्तै बीमा गर्न सक्छन् । त्यस्तै अहिले हरेक स्थानियतह वा बैंक पुगेका जुनसुकै क्षेत्रमा बीमा कम्पनीहरु पुगिसकेका छन् । इन्टरनेट र प्रविधिको सहुलियत नभएकोहरुले पनि नजिकैको बीमा कम्पनीमा बीमा गराउन, बीमा सम्बन्धी सम्पुर्ण जानकारी लिन सक्छन् ।

बीमा गराउन प्रोत्साहन गर्ने बीमा कम्पनीले घटना घटिसकेपछि दाबी भुक्तानी दिन धेरै प्रकृया र कागजपत्र, प्रमाणहरु मागेर असहजता सृजना गर्छ भन्ने गुनासो बढेको छ नि ?

यस्ता गुनासो नसुनिएका भने होइनन् । कुन काल खण्डमा कस्तो प्रकारले प्रचार भयो त्यो भन्न सकिएन । हरेक कुराको सकात्मक र नकारात्मक दुवै पाटा हुन्छन् । त्यो बेलामा बीमा क्षेत्रमा भएका सकारात्मक पाटाहरु गौण बस्यो , भने नकारात्मक पाटाहरुको मात्र कसरी प्रचार भयो । त्यो नकारात्मक प्रचारको हाबी अहिले पनि बीमा क्षेत्रमा देखिन्छ ।

पहिला कुनै एउटा दाबी सर्वेक्षण गर्न जानुपर्दा महिनौ पनि लाग्थ्यो । आजको दिनमा प्रविधिले धेरै फड्को मारेको छ, टेक्नोलोजी बिना कोहीपनि रहन सक्दैनन् । यस्तो अवस्थामा दाबी भुक्तानीमा असहजता रहने प्रश्न नै रहन्दैन । कहाँ कुन ठाँउमा कस्तो प्रकारको दाबी परेको हो त्यो प्रविधिको माध्यमले तुरुन्तै हेर्न सकिन्छ । त्यस कारण आजको समयमा दाबी भुक्तानीमा समय लाग्दैन । अहिले त धेरै बीमा कम्पनीहरुले तुरुन्तै ठाँउको ठाँउ नै दाबी भुक्तानी दिने गरेका पनि छन् । बीमा कम्पनीहरुले दाबी भुक्तानी देखी सबै कारोबारहरु नीति, नियमन तथा प्रकृया अनुसार नै गर्नु पर्ने हुन्छ । पहिले प्रविधिको पहुँच नहुदाँ केही ढिलोमात्र भएको हो ।

कहिलेकाही भुक्तानी लिनुपर्ने व्यक्तिहरुले पनि प्रकृयापुरा गर्ने, कागजपत्र तथा प्रकृया पु¥याउन समय लगाउने हुँदा पनि ढिलो हुन्छ । तर त्यसको दोष भनेको बीमा कम्पनीहरुलाई नै लाग्ने गर्छ । बीमा कम्पनीहरुले धेरै सकारात्मक कामहरु गरेका छन्, ती सकारात्मक कामहरुको पनि प्रचार हुने हो भने यस्ता नकारात्मक प्रचार हराई बीमा सम्बन्धी जनमानसमा सकारात्मक धारणाको विकास भएर बीमाको पहुँच पनि बढ्छ ।

आज पनि धैरै मानिसहरुले बुझ्न सकेका छैनन् आफ्नो सम्पतीको बीमा किन गर्ने बीमा गर्दा के फाइदा हुन्छ भनेर । यसमा स्पष्ट बनाईदिनोस् कि हामीले हाम्रो सम्पतीको बीमा किन गर्ने ?

पहिला आफुले बीमा के को गर्ने भनेर बुझ्न आवश्यक हुन्छ । मानिसले बीमा मेरो लागि हो र बीमा गरिसकेपछि त्यसको क्षतिपुर्ति पाईन्छ भनेर पनि बुभ्mन आवश्यक छ । हरेक क्षेत्र र हरेक कुराको बीमा हुन्छ । बीमा गरेर पैसा खेर गयो भनेर सोच्नु भएन । निश्चित समयमा त्यसको पनि प्रतिफल आउँछ । सम्पतीको बीमा गराएमा त्यो सम्पतीको सम्पुर्ण जोखिम बीमा कम्पनीले लिन्छ ।

जुनसुकै क्षेत्रको लगानीकोे जोखिम बीमा कम्पनीहरुले लिन गर्छन् । बीमा गराएर त्यसमा हुने सम्पुर्ण जोखिम बीमा कम्पनीहरुलाई दिएर ढुक्क हुन सकिन्छ । घटना घटेमा त्यसको सम्झौता अनुसारको क्षतिपुर्ति पाईन्छ । व्यवसायीक क्षेत्रको बीमाले बीमा गराउनेहरु ढुब्नसक्ने अवस्था रहन्दैन् । आफ्नो सम्पतीको बीमा गराए पश्चात १ बर्षमा १ पटक मात्र बीमा शुल्क तिरे पुग्छ । मानिसहरुलाई बीमा गराए महिना नै पिच्छे बीमा शुल्क तिर्नु पर्छ भन्ने छ तर र्निजीवन बीमामा त्यो छैन । बार्षिक रुपमा नै नविकरण गराए हुन्छ ।

थोरै बीमा शुल्क तिरेर बीमा गराएको छ र केही घटना भएमा पनि सम्पुर्ण सम्पती बराबरको क्षतिपुर्ति पाइन्छ । उदाहरण दिनु पर्दा ः कोही व्यक्तिले आफ्नो जिवनभर कमाएको पैसाले घर बनाएको छ । त्यसको लागत सामान्यतय ५० लाख देखि १ करोड रुपैयाँ सम्म हुन्छ । घर बनाउने खर्च धेरै ठाँउबाट जुटाएको हुन्छ । प्राकृतिक विपत्ती अथवा भैपरि केही भएमा जस्तै भुकम्प, आगलागी, बाढीपहिरो लगाएत धेरैबाट घरमा क्षय पुग्नसक्छ । १ करोड रुपैयाँ एकैछिनमा सकिन्छ, त्यो समयमा बीमा गरेको छ भने त जति क्षति भएपनि त्यसको पुर्ति त बीमा कम्पनीले गरिदन्छ । १ करोड रुपैयाँ बराबरको सम्पती बीमा गराउदाँ जम्मा ४ हजार रुपैयाँ मात्र बीमा शुल्क लाग्छ । प्रकृतिक प्रकोप भनेको कहिले आउँछ थाहा हुदैन् । ४ हजार खर्च गरेर १ करोड रुपैयाँको क्षति पाइन्छ भने बीमा किन नगराउने ।

हाम्रो जस्तो गरिबीले गाजेको देशमा दुःख गरेर कमाएको सम्पती पनि प्राकृतिक प्रकोपले क्षति गराउदाँ व्यक्तिलाई त असर पर्छ नै तर यसले परिवार, समाज र राष्ट्रलाई नै असर गर्छ । परिवार, समाज र राष्ट्रको आर्थिक उन्नतीको लागि पनि बीमा आवश्यक छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]