July 5th, 2019

घरेलु लघुवित्तले पनि थाल्यो मर्जरको तयारी

Web

बैंकिङ खबर । वित्तीय क्षेत्रमा मर्जरको लहर चलिरहेकै बेला घरेलु लघुवित्त वित्तीय संस्थाले पनि मर्जर तथा एक्विजिसनमा जाने तयारी थालेको छ । मर्जर तथा एक्विजिसनसम्बन्धी गृहकार्य गर्नका लागि लघुवित्तले दुई सदस्यीय समिति गठन गरेको छ ।

संस्थाको संचालक समितिको आठौँ वैठकले गठन गरेको समितिमा संस्थाका संचालकद्धय निरञ्जन प्रसाद न्यौपाने र पदम कुमारी कार्की रहेका छन् । मर्जर तथा एक्विजिसनका लागि उपयुक्त एक वा एकभन्दा बढी संस्थाहरु बारे अध्ययन लगायतका विषय अघि बढाउन समिति गठन गरिएको लघुवित्तले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]