बैंकिङ खबर / ग्लोवल आइएमइ बैंक र जनता बैंक मर्ज हुने भएका छन् । दुबै बैंकका अध्यक्षले मर्जरमा जान सहति गरेका हुन् । यी बैंकबीच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जसअनुसार स्वाप रेसियो ८५ प्रतिशत रहने समति गरिएको बताइएको छ । ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।
उता राष्ट्र बैंकले विकास बैंकहरुलाई फोर्स मर्जर गर्ने भएको छ । विकास बैंक सुपरिवेक्षण विभागले विकास बैंकहरुलाई फोर्स मर्जरका लागि तयारी रहन भनेको हो । विकास बैंकका अध्यक्ष र सिइओहरुलाई राष्ट्र बैंकले बोलाएर फोर्स मर्जरमा तयारी रहन भनेको छ ।