Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

खानेपानी व्यवस्थापनका लागि मेरो माइक्रोफाइनान्सको आर्थिक सहयोग

२०७६ असार १७ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंको मनमैजु शाखाद्धारा प्रवद्र्धित केन्द्रहरुलाई सहयोग रकम हस्तान्तरण गरेको छ । लघुवित्तले मनकामना महिला केन्द्र र महाकाली महिला केन्द्रलाई खानेपानी ब्यवस्थापन गर्नको लागि २० हजार रुपैया सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमको आयोजना गरी मनमैजु शाखाका शाखा प्रबन्धक रमिला श्रेष्ठले सो रकम हस्तान्तरण गरे ।

शाखा प्रबन्धक रमिला श्रेष्ठले ग्रामिण तथा शहरोन्मुख इलाकामा बसोबास गरीरहेको महिलाहरुको आर्थिक उपार्जन गर्नका लागि र समूहमार्फत सशक्तिकरण तथा सामाजिक विकासमा परिवर्तन आएको बताइन् ।

बिभिन्न सामाजिक क्रियाकलापहरुमा सहयोग पुर्याउँदै आएको र बिभिन्न महिलाहरुको उत्थानमा समेत टेवा पुर्याएकोमा समूहका महिलाहरुले लघुवित्तप्रति आभार प्रकट गरे ।

Ad