बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मोरङस्थित बैजनाथपुर शाखाले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई निःशुल्क रुपमा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले बर्जु गाउँपालिका ५ अमाही बेल्हा स्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका ११० जना विद्यार्थीलाई ब्याग तथा झोला, कपि र कलम वितरण गरेको हो ।
संस्थाको बैजनाथपुर शाखाका शाखा प्रमुख नदाकत अलीको अध्यक्षतामा आयोजित कार्यक्रममा बर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरीले शैक्षिक सामग्री वितरण गरेका थिए ।